बुटवल : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले संघीयताकाे मूल भावना अनुसार संघ, प्रदेश र स्थानीय तीनै तहकाे सरकारलाई पूर्ण अधिकार सम्पन्न बनाउन सरकार लागिरहेकाे बताउनुभएकाे छ ।
शनिवार बुटवल उपमहानगरपालिकाकाे ६६ओै स्थापना दिवसका अवसरमा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उपप्रधानमन्त्री सिंहले संघीयता बलियाे बनाउन र संविधान कार्यान्वयनका लागि आवश्यक संशाेधन र ऐन बनाउनका लागि नै अहिले संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेसहितका दलहरू मिलेर अहिले सरकार बनेकाे बताउनुभयाे ।
`राजनीतिक स्थिरताकाे जनचाहना पूरा गर्न समयकाे आवश्यकता अनुसार संसदका दुई ठुला दल मिलेर सरकार बनेकाे छ । कुर्सीमा जानका लागि मात्र अहिलेकाे सरकार बनेकाे हाेइन,´ उहाँले भन्नुभयाे,`संघीयताकाे मूल भावना अनुसार तीनै तहकाे सरकारलाई पूर्ण अधिकारसम्पन्न बनाउन सरकार लागिरहेकाे छ । राजनीतिक स्थीरता र आर्थीक समृद्धिका लागि सरकार लागेकाे छ ।´
त्यस्तै, उपप्रधानमन्त्री सिंहले अब शहरहरूकाे विकास गर्दा नागरिकलाई चाहिने न्यूनतम सुविधा दिनसक्नुपर्ने भन्दै नागरिककाे जीवन सहज बनाउने गरि शहरलाई अघि बढाउनुपर्ने बताउनुभयाे । बुटवल पहिलेबाटै आर्थिक गतिविधिकाे केन्द्रका रूपका रहेकाे भन्दै धार्मिक पर्यटनका लागि पनि प्रचुर सम्भावना रहेकाे बताउनुभयाे । आर्थिक गतिविधि मात्र हाेइन बुद्धजन्मस्थल लुम्बिनी देखि मुक्तिनाथसम्म जाेडेर धार्मिक सर्किट बनाउन सकिने सिंहकाे भनाई थियाे । उपप्रधानमन्त्री सिंहले क्राइटएरिया पुगेमा बुटवल उपमहानगरबाट महानगरपालिका बन्न सक्ने सम्भावना रहेकाे पनि उहाँले बताउनुभयाे ।
उपप्रधानमन्त्री सिंहले लाैह पुरूष गणेशमान सिंह जेल ब्रेक गरेर बुटवल पुगेकाे सन्दर्भ चर्चा गर्दै नेपालकाे प्रजातान्त्रिक आन्दाेलनमा बुटवलकाे भूमिका महत्त्वपूर्ण रहेकाे चर्चा गर्नुभयाे । उहाँले बुटवलकाे विकासकाे लागि शहरी विकास मन्त्रालयमार्फत गर्न सकिने काम भइरहेकाे भन्दै आगामी दिनमा पनि यसले निरन्तरता पाउने बताउनुभयाे ।
तपाईको बिचार