परराष्ट्रमन्त्री राणा ओमन प्रस्थान

परराष्ट्रमन्त्री राणा ओमन प्रस्थान

659

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा आज ओमन प्रस्थान गरेकी छन्। उनले शुक्रबारदेखि फेब्रुअरी २० सम्म ओमनको मस्कटमा आयोजित ‘आठौँ इन्डियन ओसन कन्फरेन्स’ मा सहभागी हुन चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उक्त देशको यात्रा थालेकी हुन्।

उनलाई परराष्ट्र सचिव अमृतबहादुर राइ र परराष्ट्रका अन्य अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे। राणा ओमनका विदेशमन्त्री सय्यद बद्र बिन हमद बिन हमूद अल बुसाइदीको निमन्त्रणा पएर गएकी हुन्। सम्मेलनमा सामुद्रिक साझेदारीतर्फको नयाँ क्षितिजको यात्रा मुख्य विषय रहने छ, र परराष्ट्रमन्त्री राणा नेपालको तर्फबाट सहभागिता जनाउने छिन्।

परराष्ट्रमन्त्री राणाले सम्मेलनको क्रममा वैश्विक ग्लोबल साउथको आवाजलाई थप सशक्त बनाउन सम्बन्धी सत्रलाई सम्बोधन गर्ने कार्यक्रम पनि राखेकी छन्। भ्रमणका क्रममा, उनले ओमनका विदेशमन्त्री, ऊर्जा र खनिज मन्त्री, तथा अन्य सम्बन्धित मन्त्रालयका प्रतिनिधिहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको उनका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए।

परराष्ट्रमन्त्री राणाको मस्कट भ्रमणमा गल्फ कोअपरेसन काउन्सिल (जिसीसी) का सदस्य राष्ट्रहरूमा कार्यरत नेपाली राजदूत र कूटनीतिक नियोग प्रमुखहरूसँग भर्चुअल बैठक पनि हुनेछ।

 

 

तपाईको बिचार