मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बाल विवाहलाई सामाजिक समस्या भएको बताएका छन् । जस्ट राइट फर चिल्डेन इन नेपालद्वारा बिहीवार विराटनगरमा आयोजित ‘बाल विवाह विरुद्ध प्रतिवद्धता पत्रमा हस्ताक्षर’ कार्यक्रममा मुख्यमन्त्री कार्कीले बाल विवाहलाई रोक्न सामूहिक सहकार्यको आवश्यकता औल्याए।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकार बाल विवाहको अन्त्य र नियन्त्रण गर्न अभियानको रूपमा नीति तथा कानूनी प्रबन्ध गरी अघि बढेको जानकारी दिए। उनले प्रदेशमा बाल विवाह निषेध गरिएको भएपनि, कतिपय दुर्गम स्थान र पहाडी क्षेत्रका वर्गमा यो समस्या अझै पनि विद्यमान रहेको बताए। यस्तो अवस्थामा यसको नियन्त्रण गर्न सुरक्षा निकाय र समाजलाई चनाखो भएर काम गर्नुपर्ने आवश्यकता औंल्याए।
हस्ताक्षर कार्यक्रममा सामाजिक कार्यकर्ता बालकृष्ण पाण्डे, डा। गंगाधर अधिकारी लगायतले अन्य छ प्रदेशमा पनि बाल विवाह विरुद्ध प्रतिवद्धता हस्ताक्षर अभियान सञ्चालन गरेको जानकारी दिए। उक्त कार्यक्रमको अवसरमा प्रदेशका विभिन्न मन्त्रालयका मन्त्री र सचिवहरूको पनि उपस्थिति थियो।
समाजिक सहयोग र कानूनी पहलले बाल विवाहको समस्या समाधान गर्न सकिन्छ
मुख्यमन्त्री कार्कीको भनाइअनुसार बाल विवाहको रोकथामका लागि सबैको साझा प्रयास आवश्यक छ। कानूनी पहल र सामाजिक जागरूकता, विशेष गरी दुर्गम क्षेत्रमा बाल विवाहको रोकथाम गर्नको लागि महत्वपूर्ण कदम बन्नेछन्। यस अभियानमा प्रदेश सरकारले जोडदार कदम उठाएको र यसको प्रभावकारिता बढाउन सबै क्षेत्रको सहयोग अपेक्षित रहेको छ।
								
							
                                                            
                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                                            
तपाईको बिचार