प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने एक जना पक्राउ

प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने एक जना पक्राउ

601

काठमाडौ । प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

ति व्यक्तिले हिजो (मंगलबार) राति ट्राफिक चौराहमा डिउटीमा रहेका प्रहरीमाथि चक्कु लिएर जाइ लागेका थिए ।

चक्कु हातमा लिई सडकमा हिँडिरहेका ३६ वर्षीय टेकबहादुर टमटालाई नियन्त्रणमा लिन खोज्दा झडप भएको प्रहरीले जानाएको छ ।

 

प्रहरीका अनुसार आक्रमण प्रयासमा उत्रिने धनगढी उपमहानगरपालिका-१४ निवासी टमटा हुन् । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । यस घटनाबारे थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।

 

तपाईको बिचार

सम्बन्धित खबर