काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा हेरफेर गरिएको छ। पछिल्लो माअोवादी केन्द्रीय कमिटी बैठकको निर्णय परिपत्र गर्ने क्रममा सचिवालय हेरफेरको जानकारी दिइएको छ।
यसअघि सचिवालयमा कार्यरत रमेश मल्ललाई विशेष प्रदेशको सहइञ्चार्जमा सरुवा गरिएको छ। उनको स्थानमा गोविन्द आचार्यलाई ल्याइएको छ। गोविन्द आचार्य पत्रकार महासंघका पूर्वअध्यक्ष हुन्। प्रचण्ड प्रधानमन्त्री हुँदा उनी प्रेस सल्लाहकारको जिम्मेवारीमा थिए। अहिले उनलाई सचिवालयको प्रमुखको जिम्मेवारी दिइएको हो।
त्यसैगरी माओवादीका पूर्व सांसद र प्रचण्डको सुरक्षामा खटिएका पूर्वजनमुक्ति सेनाका सन्तु दरैलाई पनि सचिवालयमा समावेश गरिएको छ।
यस्तै माओवादी केन्द्रीय कमिटी सदस्य र प्रचण्डकी छोरी गंगा दाहाल पनि सचिवालयमा रहेका छन्।
लामो समयदेखि डा. बाबुराम भट्टराईसँग नजिक रहेका र जनयुद्धकालदेखि हेडक्वाटरमा काम गरेका विश्वदीप पाण्डेलाई पनि सचिवालयमा समावेश गरिएको छ। उनी पछिल्लो समय नयाँ शक्ति पार्टी छोडेर माओवादी केन्द्रमा फर्किएका थिए।
त्यसैगरी प्रचण्ड प्रधानमन्त्री हुँदा सचिवालयमा काम गरेका गोकर्ण भट्टलाई पनि सचिवालयमा राखिएको छ।
 
								 
							 
                                                             
                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                            
तपाईको बिचार