गाँउपालिकाले स्थानीय महिला तथा युवाका लागि पाँच दिने होम स्टे घरबास अभिमुखीकरण तथा आतिथ्यता तालिम दिएको हो ।
तालिममा ८० भन्दा बढी स्थानीय उत्पादनका परिकार बनाउन सिकाइएको थियो । तालिममा २७ जना प्रशिक्षर्थी सहभागी थिए ।
प्रमाण पत्र पाएपछि प्रशिक्षार्थीहरुले आफुले सिकेको ज्ञान र शिपलाई अब व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएका छन् । शनिवार स्थानीय सामुदायिक भवनमा आयोजित तालिम समापन समारोहमा वागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले प्रदेश पर्यटन नीति तत्काल जारी गर्ने बताएका छन् । मन्त्री महर्जनले होम स्टेले ग्रामीण भेगमा स्वरोजगार बढाउने बताए ।
ललितपुरको क्षेत्र नं १ आफैंमा पर्यटकीय क्षत्र भएकोले यस क्षेत्रलाई पर्यटकीय हवका रुपमा विकास गर्न लागि पर्ने उनको भनाइ थियो ।
कार्यकममा पालिकाका अध्यक्ष वीरबहादुर घलानले पालिकालाई आन्तरिक तथा बाह्य पर्यटका लागि हव बनाउने घोषण गर्दै आगामी दिनममा पनि यस्ता स्वरोजगारमूलक तालिम सञ्चालन गर्दै जाने बताए ।
होम स्टेको माध्यमबाट रकम लिएर सेवा गर्ने अवसरका रुपमा लिन तालिममा सहभागीलाई अध्यक्ष घलानले आग्रह गरे ।
प्रमुख कार्यकारी अधिकृत राममणी काफ्लेले पालिकाको पर्यटन प्रर्वधन गर्ने नीति अनुसार प्रदेश सरकारले पर्यटन नीति जारी गर्न नसके पनि पालिकाले स्थानीय पर्यटन नीति सार्वजनिक गरेको जानकारी गराए ।
पालिकाको पर्यटन नीति अनुसार नै पाँच दिने होम स्टे तालिम सञ्चालन गरिएको भन्दै अधिकृत काफ्लेले तालिमले स्थानीय रैथाने खानाको प्रर्वधन गर्दै स्वरोजगार पनि गराउन सहयोगी बन्ने आशा गरे ।
वडा अध्यक्षका तर्फबाट वडा नं ३ का अध्यक्ष नमराज खड्काले यस्ता तालिममले स्वरोजगार बन्न सहयागी बन्ने बताए ।
तालिममा होम स्टे एसोसिएसनका संस्थापक सचिव राजकुमार लामिछाने, होम स्टे महासंघका कोषध्यक्ष सुरज बाँस्तोलाले प्रशिक्षण दिएका थिए भने भने सेफ एसोसिएसनका पूर्व अध्यक्ष श्यामबहादुर लामा, सेफ मोहन गजुरेल र सेफ शुक्र लामाले पाक कला सम्बन्धि तालिम दिएका थिए ।
तपाईको बिचार