कविताः तिम्रो शत्रु तिम्रै अगाडि...

कविताः तिम्रो शत्रु तिम्रै अगाडि…

695

कुमार ‘लघु,ख्वप


शत्रु जस्को नि हुन्छ,तिम्रै अगाडि हुन्छ
तिम्रो भलो नचाहाने तिम्रो शत्रु डारे हुन्
तिम्रा सपरिवार प्रगतिमा लागे डाहा गर्छन्
बेलैमा सतर्क हुनु पर्छ त्यस्ताको भर छैन्

सामाजिक सेवामा लागेकै ले शत्रु वढ्छ
शत्रुले वदलाको भावले काम थालेकै हुन्छ
शत्रु गमक फुलेर वसेकै हुन्छ,समूहमा
शत्रुलाई कुनै मौका नदेऊ धार लाउँछ

तिम्रो वरिपरि सदा खडा हुन्छ खराव चिन
तिम्रो कुनै काममा असहयोग गर्ने हो शत्रु
शत्रुले चाप्पुलिस खेल खेलिरहेको हुन्छ
घर वरपर शत्रु वढि देखिन्छन् यादगर

तिमीलाई मनिटरीङ्ग गर्दै गरेको हुन्छ
शत्रुलाई तिमीले दैनिक खतरावाट वच्नुछ
स्वार्थीले सम्पत्ति वटुल्दै गरेको पाउने छौ
हो होईन नियाल हिजो कस्तो आज कस्तो,

तपाईको बिचार