जाजरकोटको कुदुमा गाडी दुर्घटना, १६ जना घाइते

889

सुर्खेत । जाजरकोटमा फोर्स गाडी दुर्घटनामा परेको छ । सोमबार बिहान करिब साढे ११ बजे जाजरकोटको भेरी नगरपालिका ७ स्याउली बजारबाट नेपालगञ्ज जाँदै गरेको बा ५ ख १८९२ नम्बरको गाडी मध्यपहाडी राजमार्ग कुदु नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

 

तपाईको बिचार

सम्बन्धित खबर