एकीकृत समाजवादी कर्णाली प्रदेशको प्रथम अधिवेशन आजबाट सुरू हुँदै

903

काठमाडौँ। नेकपा एकीकृत समाजवादी, कर्णाली प्रदेशको प्रथम अधिवेशन आज सुरू हुँदैछ। पार्टी केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्ने अधिवेशनमा कर्णालीका प्रदेशका २४ वटै निर्वाचन क्षेत्रबाट  पाँच सय ७५  निर्वाचितप्रतिनिधिरू सुर्खेत आइपुगेका छन् ।

अधिवेशनमा कर्णाली प्रदेशको सामाजिक बस्तुस्थिति, प्राकृतिक, आर्थिक र राजनीतिक विकासका विषयमा छलफल गरिने पार्टीका केन्द्रीय सदस्य वशन्त कुमार विश्वकर्माले जानकारी दिए ।

प्रदेश अधिवेशन आज र भोलि दुई दिन चल्नेछ। अधिवेशनले प्रदेशको नयाँ नेतृत्व चयन गर्नुका साथै कर्णाली वृह्त हितका विषयमा दस्तावेज पारित गर्नेछ।

तपाईको बिचार

सम्बन्धित खबर