काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिव शेरबहादुर कुँवरले राष्ट्रियता राजनीतिक दलभन्दा निक्कै माथि हुने बताएका छन् ।
शुक्रबार हिमालय टेलिभिजनमार्फत प्रसारण हुने कार्यक्रम ‘समय सन्दर्भ’ मा बोल्दे सचिव कुँवरले नेपालको पश्चिमी भूभाग कालापानी लिपुलेक र लिम्पियाधुराको सन्दर्भमा पार्टी उपमहासचि मेटमणी चौधरीले दिएको अभिव्यक्तिलाई लिएर त्यस्तो बताएका हुन् ।
प्राइम टेलिभिजनमा एक अन्तवार्ताको क्रममा उपमहासचिव चौधरीले महाकाली सन्धी गर्दा नै गल्ति भएको र हाल पश्चिमी भू भागमाथिको भारतीय दाबी पुग्ने भन्ने खालको अभिव्यक्ति दिएका थिए ।
एक अर्को प्रसँगमा सचिव कुँवरले मिडिया क्षेत्रले सत्ताधारी दलहरूले के के गरिहेका छन् भन्ने बारेमा कम चासो राखिरहेको बताउँदै एकीकृत समाजवादीका गतिविधिका बारेमा अतिरिक्त चासो दिएको भान भइरहेको बताएका छन् ।
उनले भनेका छन् , ‘मैले मिडियालाई आरोप लगाउन खोजेको होइन । तर, मिडियाको ध्यान सत्ताधारी पार्टीका गतिविधिभन्दा हाम्रो पार्टीमा बढी छ जस्तो देखिन्छ। यसको अर्थ हाम्रो पार्टी जिम्मेवार पार्टी हो भन्ने बुझिन्छ। हाम्रो पार्टी गहन पार्टी हो। संसदमा सानो भएपनि हाम्रो पार्टी ठूलो पार्टी भन्दा कुनै हिसाबले कम जिम्मेवार छैन।’
तपाईको बिचार