काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीका उपमहासचिव मेटमणि चौधरीसँग स्पष्टीकरण सोधेको छ। राजधानी प्रेसमा एकीकृत समाजवादीका उपमहासचिव चौधरीको विवादास्पद अभिव्यक्तिपछि कार्यकर्ता आक्रोशित,गरे कारवाहीको माग शिर्षकमा समाचार प्रकाशन भएपछि पार्टीको ध्यानाकर्षण भएको हो ।
महासचिव घनश्याम भुसालले चौधरीलाई तीन दिनभित्र लिखित स्पष्टीकरण बुझाउन पत्र पठाएका हु्न्। संघीय सांसद पार्टीका प्रमुख सचेतकसमेत रहेका चौधरीले एक टेलिभिजन अन्तर्वार्तामा नेपालको भौगोलिक अखण्डताबारे बोलेको थिए। ‘‘ लिपुलेक र कालापानीमाथि इण्डियाले आफ्नो दाबी प्रस्तुत गरेको छ। मलाई लाग्छ दाबी पुग्छ उसको, दाबी पुग्छ, भारतले लिन पाउँछ, ‘ कालापानी र लिपुलेक भारतको हो नि’ भन्नुभएको रहेछ,’ स्पष्टीकरण पत्रमा भनिएको छ।
चौधरीको अभिव्यक्ति मुलुकको अखण्डता र सार्वभौमिकताविरुद्ध भएकाले तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देन दिइएको छ।
चौधरीको उक्त अभिव्यक्ति दिएपछि सामाजिक संजालमा आफ्नै पार्टीका कार्यकर्ताहरूले आपत्ति जनाएका छन् भने पार्टीका शीर्ष नेताहरूलाई यस्ता विषयमा गम्भिर बन्न नेता कार्यकर्ताहरूलाई सचेत गराउन भन्दै टिप्पणी गरेका छन् । चौधरीको विवादास्पद अभिव्यक्तिपछि कार्यकर्ता आक्रोशित हुँदै कारवाहीको माग समेत गरेका छन् ।
तपाईको बिचार