आज बिपी कोइरालाको १११ औँ जन्मजयन्ती मनाइँदै

869

काठमाडौं । आज बिपी कोइरालाको १११ औँ जन्मजयन्ती मनाईदै छ । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाईदै छ ।

बिपी जयन्तीका अवसरमा कांग्रेस, भातृ एवं शुभेच्छुक संस्था र बिपी सङ्ग्रहालयले मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरेका छन् । यस अवसरमा नेपाली लेखक सङ्घ काठमाडौँ शाखाले सोमबार बिपी सङ्ग्रहालय सुन्दरीजलमा कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमलाई कांग्रेस महामन्त्रीद्वयले सम्बोधन गर्ने कार्यक्रम छ ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको निधन २०३९ साउन ६ गते भएको थियो । दिवसका अवसरमा कांग्रेस, भ्रातृ संस्था र बीपी सङ्ग्रहालय समितिले मुलुकभर विभिन्न कार्यक्रम गर्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 

तपाईको बिचार

सम्बन्धित खबर