ढाका । बंगलादेशको केन्द्रिय बैंकले यस हप्ता प्रति ग्राहक अधिकतम २ लाख रुपैयाँ नगद मात्रै निकाल्न निर्देशन दिएको छ । २ लाख रुपैयाँको सीमितता तोकेर वाणिज्य बैंकहरूलाई रकम निकासा गर्न निर्देशन दिएको हो।
यो निर्णय बैंकका प्रबन्ध निर्देशकहरुलाई आपतकालीन सन्देश मार्फत जानकारी गराइएको हो । सो निर्देशनमा सुरक्षा चिन्ताहरू उल्लेख गरिएको छ । जसले शाखाहरूमा रकम स्थानान्तरण गर्न कठिनाइ सिर्जना भइरहे पछि यो निर्देशन जारी गरिएको हो भने रकम निकासीमा प्रतिबन्ध आवश्यक रहेको जनाएको छ ।
बैंकहरूलाई चेक लेनदेनको अनुगमन बढाउन र कुनै पनि शंकास्पद गतिविधिहरू रोक्न पनि निर्देशन दिइएको छ ।
ठूला मात्रामा नगद निकासीबाट हुन सक्ने बैंकिङ क्षेत्रको सम्भावित अस्थिरतालाई रोक्नका लागि निकासी सीमित गर्ने निर्णय गरिएको हो ।
 
								 
							 
                                                             
                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                            ![विजयउत्सवको अवसरमा बेइजिङमा भव्य सैन्य परेड [तस्बिरहरू]](https://rajdhanipress.com/wp-content/uploads/2025/09/CHINA-BEIJING-V-DAYCOMMEMORATIONS-GATHERINGCNXxjpieE000037_20250903_PEPFN0A001-1-1024x667.jpg) 
                                             
                                             
                                             
                                            
तपाईको बिचार