नवलपरासी पश्चिम् । पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिकाबाट विभिन्न पार्टी परित्गाग गरी ३७ जना नेता कार्यकर्ता नेकपा ( एमाले ) मा समाहित भएका छन् ।
विगतमा नेकपा एमाले परित्याग गरी अन्य पार्टीमा आस्थावान् रहेका नेकपा समाजवादीका ३७ जना नेता कार्यकर्तासहित रास्वपा र माओवादीका नेता एमालेमा फर्केका हुन् ।
एमालेले सञ्चालन गरेको घर फर्क अभियान अन्तर्गत आज बर्दघाटमा आयोजित कार्यक्रममा राश्वपा,समाजवादी र माओवादीबाट ३७ जना नेता कार्यकर्ताहरू नेकपा एमालेमा नै फर्केको नेकपा एमालेका जिल्ला सचिव धिरज शर्मा बस्यालले जानकारी दिए ।
कार्यक्रममा एमालेका केन्द्रिय कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका भौतिक निर्माण तथा सिँचाइ मन्त्री भुमिस्वर ढकालले नेकपा एमालेलाई दरिलो र मजबुत बनाउने पुराना पार्टीका नेता कार्यकर्ताहरू केही समय पार्टीबाहिर भए पनि अब पार्टीसँगै जोडिएर जिम्मेवारी लिएर पार्टीलाई थप मजबुत बनाएर लैजान आग्रह गरे ।
तपाईको बिचार