नेपाल पब्लिक क्याम्पस सङ्घको ३४ औं वार्षिकोत्सव सम्पन्न

नेपाल पब्लिक क्याम्पस सङ्घको ३४ औं वार्षिकोत्सव सम्पन्न

279

काठमाडौं,२५ असार । नेपाल पब्लिक क्याम्पस सङ्घले आज चन्द्रागिरि नगरमा रहेको शिक्षा क्याम्पसमा आफ्नो ३४ औं वार्षिकोत्स तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि , विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीले सामुदायिक क्याम्पसहरुले उठाएका मुद्दा र मागहरूप्रति आयोग प्रतिबद्ध रहेको साथै , छिट्टै त्यस सम्बन्धी विषयमा निकास निस्कनेगरी पहल थालिने बताएका थिए । उनले नेपालको शैक्षिक क्षेत्रको विकासमा सामुदायिक क्याम्पसहरूको योगदान अतुलनीय रहेको र नेपाल पब्लिक क्याम्पस सङ्घले आफ्नो ३४ औ वर्ष पार गरेकोमा शुभकामना दिएका थिए ।

त्यस्तै , नेपाल पब्लिक क्याम्पस सङ्घका वर्तमान अध्यक्ष एवम् कार्यक्रमका सभापति शत्रुघ्न प्रसाद गुप्ताले चालू आर्थिक वर्षको समिक्षा , संस्था नविकरण , सामुदायिक क्याम्पसको वर्गीकरण , दोब्बर दस्तुर फिर्ता र मिनाहा , संगठनात्मक गतिविधि , विभिन्न डेलिगेसन , स्थायी लेखा नं सम्बन्धमा , कार्यक्रम सम्बन्धन , शिक्षक – कर्मचारीको स्तर निर्धारण , क्याम्पस मर्जर , सामुदायिक क्याम्पसको विधान लगाएत विषयमा आफ्ना भनाइ राखेका थिए १

तपाईको बिचार

सम्बन्धित खबर