अखिल क्रान्तिकारीको सम्मेलनमा कुर्सी फालाफाल, हात हालाहाल

अखिल क्रान्तिकारीको सम्मेलनमा कुर्सी फालाफाल, हात हालाहाल

713

काठमाण्डौं । अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनमा लफडा भएको छ। कीर्तिपुरमा गत असोज १० गतेदेखि सुरु भएको सम्मेलनमा सोमबार उमेर हदको विषयमा विवाद सुरु भएपछि हात हालाहालको अवस्था सिर्जना भएको हो।

२८, ३० र ३२ वर्षको उमेर हदबन्दीबारे दुई पक्षबीच विवाद हुँदा सम्मेलनस्थलमा कुर्सी हानाहानकै अवस्था सिर्जना भएको छ ।

माओवादी पदाधिकारी बैठकले उमेर हदमाथि मतदान गराउने तर नेतृत्व चयनमा हस्तक्षेप नगर्ने निर्णय गरेको थियो । तर, कार्यकर्ताले आज सम्मेलनस्थलमा हुलदंगा मच्चाएका छन् । प्रहरीले सामान्य बल प्रयोग समेत गरेको छ ।

उमेर हदको विषयमा पक्ष विपक्षमा प्रतिनिधिहरूले सम्मेलनस्थलमा नाराबाजी समेत गरेका छन् । हिजो पनि महाधिवेशनस्थलमा सहभागी प्रतिनिधिसँग २ हजार प्रवेश शुल्क तोकेपछि बन्द सत्र हलमा आन्दोलन भएको थियो ।

१० असोजदेखि जारी २३औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने तालिका रहेपनि आजको तोकिएको निर्वाचनको प्रक्रिया अहिलेसम्म शुरु नै हुन सकेको छैन । आज उमेर हदको विवाद मतदानबाट टुंगो लगाएर निर्वाचनमा जाने बताइएको छ ।

 

तपाईको बिचार