त्रिवि प्राध्यापक सङ्घ क्याम्पस इकाईले रजिस्ट्रार रिजालसँग भेट गरी बुझायो ज्ञापनपत्र 

त्रिवि प्राध्यापक सङ्घ क्याम्पस इकाईले रजिस्ट्रार रिजालसँग भेट गरी बुझायो ज्ञापनपत्र 

299

काठमाण्डौं त्रिवि प्राध्यापक संघ, विश्वविद्यालय क्याम्पस इकाईले त्रिविका रजिस्ट्रार प्रा. डा. केदार रिजाललाई भेंट गरी त्रिवि स्वास्थ्य उपचार कोष र सेवा आयोग लगायतका विषयमा ध्यानाकर्षण गराएको छ ।

क्याम्पस इकाईले त्रिविका रजिस्ट्रारलाई भेट गरी ज्ञापन पत्र बुझाएको थियो । यसअघि उपत्यकाका क्याम्पसका इकाईका सभापति र प्रतिनिधिहरूसँगको बैठकले दिएको सुझाव अनुरूप यो ध्यानाकर्षण गराउने कार्य गरेको बताईएको छ ।

कार्यक्रममा सभापति डा. मनोज कु चौधरी, उप सभापति डा. भगवान अर्याल, सह सचिव डा नूरापति ,सदस्य डा. अवतार सुवेदी लगायतको प्रतिनिधि मण्डलले त्रिविका रजिस्ट्रारलाई भेट गरेको थियो।

 

तपाईको बिचार

सम्बन्धित खबर