काठमाडौँ । विपन्नको लागि स्वास्थ्य परिवार नेपालका अध्यक्ष रत्न बहादुर थापाले मुटुमा राखेका प्रिय मान्छेलाई शुभकामना दिएका छन् ।
आज विश्व मुटु दिवसका अवसरमा विपन्नको लागि स्वास्थ्य परिवार नामक संस्थामार्फत उनले भनेका छन् ‘हजारौं मुटुहरू बचाउने र जीवन बचाउने सम्पूर्ण मुटुरोग विशेषज्ञ र सम्बन्धित सबै स्वास्थ्यकर्मीहरूलाई “Use heart for every heart. ( मन लगाऔँ; मुटु बचाऔँ ) भन्ने नाराका साथ यो दिवस नमन र शुभकामना । ’
उनले सामाजिक जन्जाल मार्फत शुभकामना दिँदै भनेका छन्- ‘मुटु रोगबाट बच्ने जानकारी उपचार अनि सचेतनाको शक्तिलाई विश्वभरि सबै समक्ष पुर्याउन शक्तिलाई विकेन्द्रित गरौँ । आफ्नो मुटुलाई छामौँ र विचार गरौँ कतिको मुटु मैत्री जीवनशैली हामीले अपनाएका छौँ। हाम्रो परिवार अनि समुदायका सदस्यहरूको मुटु पनि स्वस्थ बनाउन हाम्रो जिम्मेवारी पनि विचार गरौँ। जबसम्म छाती ढुकढुक गर्छ तबसम्म मात्र जीवन छ। नत्र सबै समाप्त ।’
उनले थप भनेका छन्- ‘सबैको हृदयको गति जीवन होस्। स्वस्थ हृदयभित्रको सद्भाव र सबैको माया होस् विश्व मुटु दिवसको शुभकामना। स्वस्थ खानपानको प्रयोग गरौँ। नियमित व्यायाम गरौँ। अनावश्यक चिन्ता नगरौँ। मुटु रोगबाट बचौँ। मुटुलाई माया गरौँ। मुटु बचाऔँ ।’
तपाईको बिचार