काठमाडौँ, १ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरूले एमालेप्रति जनताको आस्था, विश्वास कसरी घटाउन सकिन्छ भनेर भ्रमको तुवाँलो फैलाउने काम गरिरहेको बताएका छन् ।
संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले एमालेलाई कमजोर पार्न केपी ओलीले ५ अर्ब खाइसक्यो भनेर हल्ला फिजाएको जिकिर गरे ।
प्रतिक्रियावादी शक्तिहरू जस्तो विचार शून्य, नीति शून्य, उद्देश्य शून्य, स्वार्थका थैलाहरू बोकेर, ती थैलाहरू भर्न असभ्य, अमर्यादित, अलोकतान्त्रिक तरिकाहरू अवलम्बन गर्ने त्यस्ता खालका भ्रमका तुवाँलाहरू फैलाउने खालका विपरीत क्रियाकलापहरूमा हामी लाग्दैनौँ ।’
उनले त्यस्ता भ्रमको खण्डन गर्न निर्देशन दिए ।
“भ्रमको जालो फिँजाइदिने, आस्था कसरी हटाइदिन सकिन्छ, जनताको विश्वास कसरी कमजोर बनाउन सकिन्छ, एमालेविरुद्धको विश्वास कसरी कमजोर बनाउन सकिन्छ रु त्यो भइरहेको छ । कतिपय मान्छे देश बुझ्दैनन्, भातमात्रै बुझ्छन् । भात भए देश जेसुकै होस् भन्ने ठान्छन् । तिनीहरूमा सोच पुर्याउने काम पनि हाम्रो हो । देश भन्ने उनीहरूको दिमागमा राखिदिने काम पनि हामीले नै गर्नुपर्छ । जे होस्, हामी देश बनाउने संकल्पमा छौं,” उनले भने ।
तपाईको बिचार