काठमाडौँ, ३१ असार । नेपाली कांग्रेसले पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागमा थप तीनजना सदस्य मनोनयन गरेको छ ।
मीनबहादुर विश्वकर्माको नेतृत्वमा रहेको विभागमा सन्तोष न्यौपाने, अशोक शर्मा र सुमन गौतमलाई सदस्य मनोनयन गरिएको हो ।
सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम प्रचार विभागमा थप सदस्य मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।
तपाईको बिचार