ओखलढुंगामा पहिरो जाँदा एकै परिवारका ४ जनाको मृत्यु

ओखलढुंगामा पहिरो जाँदा एकै परिवारका ४ जनाको मृत्यु

355

काठमाडौँ, ८ असार । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ विलन्दुमा पहिरो जाँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रणबहादुर गुरूङको परिवार रहेको छ  । गएराति ११ बजे पहिरो जाँदा रणबहादुरसहित उनकी २९ वर्षकी पत्नी शिवमाया गुरूङ, १० वर्षका छोरा दिनेश गुरूङ र १८ महिनाकी छोरी कविता गुरूङको पुरिएर मृत्यु भएको हो ।

दुई सय मिटर माथिबाट पहिरो आएर घर बगाएर लगेछ । अहिलेसम्म बाबु, आमा, छोरीको शव फेला परिसकेको छ । छोराको शव फेला पर्न बाँकी रहेको छ ।

तपाईको बिचार