जिसस काठमाडौँले नव प्रवर्तनलाई प्रबद्र्धन गर्दै

जिसस काठमाडौँले नव प्रवर्तनलाई प्रबद्र्धन गर्दै

201

काठमाडौँ, २९ जेठ । जिल्ला समन्वय समिति काठमाडौँले नव प्रवर्तनलाई प्रबद्र्धन गर्ने भएको छ । हरेक क्षेत्रमा नव प्रवर्तनलाई प्रबद्र्धन गर्न विभिन्न चरणमा सरोकारवालासँग अन्तक्रिर्या गरेको छ । आइतबार जिससले स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँग छलफल गरेको हो ।

समाजका हरेक व्यक्तिसँग कुनैन कुनै बौद्धिकता तथा इनोभेटि आइडिया भए पनि त्यस्ता आइडियाले स्थान पाउन नसकेको भन्दै जिससले त्यसका लागि आवश्यक सहयोग र समन्वय गर्ने जिससले निष्कर्ष निकालेको छ । जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले जिल्ला भित्रका स्थानीय तहबाट शुरु गर्न लागिएको नव प्रवर्तनका विषयलाई क्रमिकरुपमा विस्तार गरिदै जाने बताउनुभयो ।

उहाँले स्थानीय तहमा धेरै नव प्रवर्तनका विषयमा आइडिया हुने भए पनि त्यस्तो आइडिया पहिचान हुन नसकेको भन्दै उक्त आइडियाको खोजी गर्न स्थानीय तहका प्रमुख, उप्रमुख र प्रमुख प्रशासकीय अधिकृतज्यूलाई आग्रह गर्नुभयो । कार्यक्रममा स्टार अफका स्रोत व्यक्तिको रुपमा जिसस काठमाडौँका कानुनी सल्लाहका डा. रुद्र शर्माले बौद्धिक सम्पत्ति र चौथो पुस्ताको औद्योगिक क्रान्ति विषयक कार्य पत्र प्रस्तुत गर्दै नव प्रवर्तनका विषयको कानुनी संरक्षणको आवश्यकता औंल्याउनुभयो । समाजमा भएको बौद्धिक सम्पत्तिलाई ज्ञानमा रुपान्तरण गर्नुपर्ने आश्यकता औंल्याउनुभयो ।

अर्का स्रोत व्यक्ति डा. शम्भु पोखरेलले नेपालमा भएको नवप्रवर्तनको पहिचान गर्न सके नेपालको साथै विश्वकै विभिन्न मुलुकको समेत आर्थिक रुपान्तरण गर्न सक्ने बताउनुभयो । व्यक्तिको वीना आर्थिक लगानीमा पनि मालिक बन्न सक्ने आधार भनेकै नव प्रवर्तनको लागि टार अफ नै भएको भन्दै उहाँले पछिल्लो समयमा सूचना र प्रविधिको क्षेत्रमा नेपालमा स्टार अफले राम्रो फड्को मारेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा सहभागी सबैलाई स्वागत गर्नु भएका जिससका उपप्रमुख शान्ति पाण्डेले नव प्रवर्तनको क्षेत्रमा सबैले आआफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा सहभागि स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले नव प्रवर्तनका क्षेत्रमा काम गर्न स्थानीय तह तयार रहेको बताउनुभयो । बौद्धिक सम्पत्ति संरक्षणका लागि जिससले स्थानीय तहका सूचना तथा प्रविधि अधिकृत र सामाजिक विकास शाखा प्रमुख तथा अन्य सरोकारवालासँग अन्तरक्रिया गरिसकेको छ ।

तपाईको बिचार