अनामनगरको सार्वजनिक जग्गामा महानगरले डोजर चलायो

अनामनगरको सार्वजनिक जग्गामा महानगरले डोजर चलायो

107

काठमाडौँ, २९ जेठ । काठमाडौँको अनामनगरस्थित सार्वजनिक जग्गामा काठमाडौँ महानगरले डोजर चलाएपछि स्थानीयहरुले विरोध गरेका छन् ।

आज काठमाडौँको अनामनगरस्थित गोरखा एफएम चोकमा रहेको सार्वजनिक जग्गामा महानगरपालिकाले डोजर चलाएपछि स्थानीयहरुबीच विवाद सिर्जना भएको हो । एकपक्ष स्थानीयहरु वर्षौंदेखि सार्वजनिक जग्गाको सुरक्षा गर्दै आएको र विपद्को बेलामा आवश्यक पर्ने भएकाले भत्काउन नहुने पक्षमा छन् ।

अर्को पक्षका स्थानीयहरु सरकारले सार्वजनिक जग्गाको उपयोगका लागि भत्काउन पाउने र आफ्नो संरचना बनाउन पाउने पक्षमा छन् । स्थानीयहरुबीच नै विवाद हुँदा अहिले स्थिति तनावग्रस्त छ ।

तपाईको बिचार