काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसदमा सानो संख्यामा भए पनि माओवादी केन्द्र नेतृत्वको सरकारले गुणात्मक ढंगले महत्वपूर्ण काम गरिरहेको बताएकी छन् ।
प्रेस सेन्टर नेपालको १९ औं केन्द्रीय सधारण सभा तथा २१औं कृष्णसेन इच्छकु स्मृति दिवसको अवसरमा शंखरापुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारलाई भ्रष्टाचारविरुद्ध अभियान चलाउँदा चौतर्फी घेराबन्दी भएको पनि बताइन् ।
‘विगतमा जनताको मुक्ति आन्दोलनलाई मिसन बनायौं, आजको युगमा फरक तरिकाले अघि बढ्न खोजेका छौं । चुनौतीहरु अझ डरलाग्दा छन् । त्यसैले एकताबद्ध भएर लड्नुपर्ने छ । त्यसलाई अझ व्यवस्थित बनाउनुपर्ने भएको छ,’ उनले थपिन् ।
विगतमा हालीमुहाली गरेकाहरुले घेराबन्दी गर्नु स्वाभाविक भएको भन्दै उनले सरकारले गरेका राम्रा कामको व्यवस्थित ढंगले प्रचारप्रसार गर्नुपर्नेमा जोड दिइन् ।
तपाईको बिचार