तनहुँ । राष्ट्रिय युवा संघ नेपाल तनहुँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतलेले सवै जनसंगठनहरुले गाउँ गाउँसम्म संगठनहरुलाई परिचालित गर्ने हो भने जनताले एमालेलाई जिताउने विश्वास व्यक्त गर्नुभयो । युवा तथा विद्यार्थी एमालेको पक्षरमा रहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनले प्रमाणीत गरेको उल्लेख गर्दै संघका इन्चार्ज समेत रहनुभएका नेता बस्नेतले एमालेका जनवर्गीय संगठनको सक्रियता र पार्टीको ग्रास रुट अभियानले आगामी निर्वाचनमा एमालेलाई बहुमत दिने वातावरण सिर्जना भएको दावी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘योजना बनाएर लागौं त, हाम्रो अगाडी अब हार भन्ने शब्द छैन । ‘जहाँ एमालेले छोयो, त्यहाँ सफलता’ हासिल गर्नुपर्छ । त्यो देश र जनताको हितमा हुनुपर्छ । राष्ट्रिय युवा संघ र अनेरास्ववियुले संयुक्त रुपमा अभियान चलाएपछि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियु पहिलो संगठन बन्न सफल भयो । अन्य संगठनलाई धेरै सिट पछाडी पार्दै अनेरास्ववियु नेपाली विद्यार्थीहरुको संगठन बन्यो । त्यसैले पार्टीको ग्रास रुट अभियान पनि जनताको दुःख सुखको सारथी, सम्मान, सदस्यता थप गर्ने तथा पार्टी प्रवेश अभियान चलाइरहेको छ । सो अभियानले देश र जनताको अवस्था र आवश्यकता बुझेको छ, योगदान पुर्याएका जनतालाई सम्मान गरेको छ, जनताको जिम्मेवारी लिएको छ । जनता हामीप्रति वचनबद्ध छन् । त्यसैले आगामी निर्वाचनमा एमालेलाई बहुमत आउने छ । त्यसपछि देशले जित्नेछ, जनताको जित हुनेछ ।
संगठन भित्रको जनवादी केन्द्रीयतालाई सन्तुलित ढंगले लैजानुपर्ने आवश्यकता रहेको औंल्याउँदै ‘काम कुरो एकातिर, कुल्लो बोकी थिमीतिर’ भन्ने जस्तो भए कम्युनिष्ट तथा युवा संघको आन्दोलनको उपलब्धी हासिल गर्न नसकिने बताउनुभयो । संगठन निर्माणको अभियान अहिलेको अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले औपचारिक कार्यक्रमलाई ढाँचाबद्ध रुपमा गर्नुपर्ने जरुरी रहेको बताउनुभयो । नाम मात्रको युवा संगठन नभई फिल्डको बाघको संगठनको रुपमा स्थापित गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उहाँले युवा संघभित्र मापदण्ड निर्धारण गर्नै पर्ने अवस्था रहेको धारणा राख्नुभयो ।
तपाईको बिचार