५३ किलो गाँजासहित दुईजना पक्राउ

५३ किलो गाँजासहित दुईजना पक्राउ

75

चितवन ।  चितवनबाट ५३ किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका(१६ बस्ने ३० वर्षीय अर्जुन दर्जी र एक जना नाबालक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आज बिहान १ बजे राप्ती नगरपालिका-१ लोथरमा जाँचका क्रममा पिप्लेबाट लोथरतर्फ जाँदै गरेको वा ३ च २५०४ नम्बरको गाडीमा लुकाइछिपाइ लैजाँदै गरेको समयमा गाँजा बरामद गरिएको हो ।

पक्राउ परेका उनीहरुको थप अनुसन्धान जारी रहेको जिल्ला प्रही कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

तपाईको बिचार