काठमाडौं- एसिया प्रशान्त क्षेत्रका १७ देशका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जाल संस्थाहरुको सहकार्यमा स्थापित एशिया प्यासेफिक अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौं मेरियट होटेलमा हुने छ।
सम्मेलन आयोजनाको मुख्य संयोजन नेपालका सूचना प्रविधि सम्बन्धी संस्थाहरुसँगको सहयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सँगको सहकार्यमा नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कले गरेको छ।
विश्वभर फैलिएको कोभिड महामारीपछि पहिलो पटक भौतिक रुपमा आयोजना हुन लागेको पाँच दिने अन्तर्राष्ट्रिय सम्मेलनको अवधिभर ५५ वटा भन्दा बढी सेसनहरु सञ्चालन छन्। साथै १७५ भन्दा आढी प्रतिनिधिले शिक्षा, सूचना प्रविधि, वैज्ञानिक अनुसन्धान लगायतका विभीन्न क्षेत्रहरुमा केन्द्रित रहि प्रस्तुती दिनेछन्।
सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन गर्ने सम्मेलनमा दुईजना नेपाली सहित ४ जना व मुख्य वक्ताको रुपमा रहनेछन्।
सूचना प्रविधि कार्यान्वयनका विभिन्न क्षेत्रहरु जस्तै प्रकोप व्यवस्थापन, कृषि आधुनीकिकरण, मानव स्वास्थ्य र चिकित्सकीय प्रविधि, वैज्ञानिक तथ्यांकहरुमा पहुँच, इन्टरनेट सुरक्षा आदि विषयवस्तुहरुमा केन्द्ति रहि सहभागीहरु विच छलफल हुने साथै नेपालको तर्फबाट जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभाव र यसको न्युनीकरणको लागि सूचना प्रविधि र वैज्ञानिक अनुसन्धानको भूमिका सम्वन्धमा जलवायु परिवर्तन विज्ञ तथा नेपाली पर्वतारोही समेतको प्रस्तुती रहने कार्यक्रम तय भएको छ ।
२५ देशका १८० प्रतिनिधिहरु तथा नेपालका विभिन्न विश्वविद्यालय र सूचना प्रविधि सँग सम्वन्धीत संस्थाहरुवाट १५० गरि ३३० भन्दा बढि प्रतिनिधिहरु सम्मेलन स्थल काठमाडौं मेरियटमा सहभागी हुने साथै २०० भन्दा वढि व्यक्तिहरु अनलाइनका माध्यमवाट पाँच दिन सम्म सरिक हुने छन्।
नेपालमा पहिलोपटक हुन लागेको यस सम्मेलनले नेपाल सरकारले प्राथमिकताका साथ अगाडि बढाएकोे डिजीटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
तपाईको बिचार