काठमाडौं । पूर्व उपराष्ट्रपति,मन्त्री,सांसद देखि नेताहरुसहित एक दर्जन विदेशी नागरिक भएको आरोपसहित गृह मन्त्रालयमा उजुरी दर्ज भएको छ ।
डा. स्वर्णिम वाग्लेसहित, पूर्वउपराष्ट्रपति परमान्द झा, लोकतान्त्रिक समाजवादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतो, काँग्रेस नेताहरु देवेन्द्रराज कँडेल, डा मिनेन्द्र रिजाल, डा नारायण खड्का, दिलेन्द्रप्रसाद बडु, सुजाता कोइराला,सरिता गिरी, अनुराधा कोइराला, रेणु दाहाल पाठक, गंगा दाहाल प्रधान लगायतसँग दोहोरो नागरिकता रहेको भन्दै गृह मन्त्रालयमा उजुरी हालिएको हो ।
सर्वोच्च अदालतमा रिट हालेर रवि लामिछानेको सांसद र मन्त्री पद खुस्काइदिएका सिन्धुलीका युवराज सफलले विभिन्न राजनीतिक पार्टीमा क्रियाशील नेताहरुको नागरिकता छानबिन गर्न माग राख्दै गृह मन्त्रालयमा उजुरी हालेका हुन ।
सफलले दायर गरेको उजुरीमा उच्च पदस्थ १२ जनाको नेपाली नागरिकता र पिआर तथा ग्रिनकार्डको छानबिन गर्न माग गरिएको छ।
उच्चस्तरीय नागरिकता छानबिन आयोग गठन गरी उनीहरुसँग भएको विदेशी ग्रिन कार्ड एंव नागरिकताको छानबिन गरिनुपर्ने युवराजको माग छ ।
तपाईको बिचार