नवौँ राष्ट्रिय खेलकुद : महिला फुटबलको स्वर्ण सशस्त्रलाई

नवौँ राष्ट्रिय खेलकुद : महिला फुटबलको स्वर्ण सशस्त्रलाई

93

पोखरा । सशस्त्र प्रहरीले नवौँ राष्ट्रिय महिला फुटबलको स्वर्णपदक जितेको छ । स्याङ्जाको वालिङमा आज सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबलाई २–० गोलले पराजित गर्दै सशस्त्रले उपाधिको रक्षा गरेको हो ।

सशस्त्रलाई स्वर्णपदक दिलाउन सावित्रा भण्डारीले दुई गोल गरिन् । उनले खेल सुरू भएको १० मिनेटमा पहिलो गोल गरिन् । १–० ले अगाडि रहेको सशस्त्रका लागि मध्यान्तरपछि ५२ मिनेटमा पुनःभण्डारीले दोस्रो गोल थपिन् । २–० ले पछाडि परेको पुलिसले ७६ मिनेटमा सान्त्वना गोल फर्कायो । पुलिसका लागि एक गोल निरू थापाले गरेकी हुन् । पराजयसँगै पुलिसले रजत पदक प्राप्त गरेको छ भने त्रिभुवन आर्मी क्लबले तेस्रो स्थानसहित कांस्यपदक पाएको छ । आर्मीले प्रदेश नं १ लाई ७–० ले पराजित गरेको हो । आर्मीका लागि तेस्रो मिनेटमा हिमा चौधरीले गोल गरिन् । त्यस लगतै अमिशा कार्कीले ५, ३५ र ४१ मिनेटमा गरी ह्याट्रिक पूरा गरिन् ।

त्यस्तै चन्द्रा भण्डारीले ४३ मिनेटमा थप एक गोल गरी पहिलो हाफमा ५–० ले आर्मी अगाडि रह्यो । दोस्रो हाफको ६१ मिनेटमा गङ्गा गुरुङ र ७१ मिनेटमा कुसुम खतिवडाले एक÷एक गोल गरेका थिए । मङ्गलबार भएको सेमिफाइनल खेलमा सशस्त्र प्रहरीले त्रिभुवन आर्मी क्लबलाई र पुलिसले प्रदेश नं १ लाई पराजित गर्दै फाइनल प्रवेश गरेका थिए । प्रतियोगितामा तीन विभागीय टिमसहित सात वटा प्रदेशबाट एकरएक टिम गरी कूल १० टिमको सहभागिता थियो ।

तपाईको बिचार