रविप्रति लक्षित गर्दै प्रधानमन्त्रीको टिप्पणी - ठुल्ठूला गफ हाँक्नेका असलियत देखिरहेका छौं

रविप्रति लक्षित गर्दै प्रधानमन्त्रीको टिप्पणी – ठुल्ठूला गफ हाँक्नेका असलियत देखिरहेका छौं

131

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारबाट सुशासन र प्रशासनमा सुधारका लागि गम्भीर कदम चालिएको बताए । भ्रष्टाचार र बेथिति रोक्नका लागि केही कठोर कदम चालिएको छ । हिजोको मात्रै क्याबिनेटको निर्णय हेर्नुहोला, कुरो गहिरो छ । ठुल्ठूला गफ हाँक्नेहरूको असलियत के हो भन्ने कुरा हामीले देखिराख्या छौं ।

मंगलबारको मन्त्रिपरिषद्को बैठकले तत्कालीन गृहमन्त्री लामिछानेले जारी गरेको नागरिकको विवरण प्रमाणीकरण एवं अन्तरप्रणाली आबद्धतासम्बन्धी कार्यविधि, २०७९ खारेज गरेको थियो । तत्कालीन गृहमन्त्री रवि लामिछानेले गत पुस १३ गते अर्थ मन्त्रालय र कानुन मन्त्रालयलाई समेत जानकारी नदिई राष्ट्रिय परिचयपत्रमा अभिलिखित नागरिकका वैयक्तिक र जैविक विवरण रुजु गर्न निजी कम्पनीलाई ठेक्का दिन कार्यविधि जारी गर्ने निर्णय खारेज गरेको थियो ।

उनले संविधानको हुर्मत लिने र गणतन्त्रमा प्रहार गर्नेहरूका विरुद्ध गठबन्धन बनेको बताए । उनले नयाँ ढंगले कामको सुरुआत गरिएको बताउँदै भने, ुकहिलेकाहीं खहरे खोला उर्लिएर आउँछ बडो डरलाग्दो तर त्यो खहरे सुक्नेवाला छ । नदी आफ्नो गतिमा महासागरतर्फ लम्किइरहन्छ ।

उनले नयाँ बजेटमार्फत सरकार सुशासन र समृद्धिको नयाँ यात्रा गर्ने गरी प्रस्तुत हुने बताए ।

तपाईको बिचार