ऐन महरलाई भोट किन ? यस्ता छन् २१ प्रतिबद्धता

ऐन महरलाई भोट किन ? यस्ता छन् २१ प्रतिबद्धता

423

काठमाडौं । मंसिर ४ को चुनावमा बामलोकतान्त्रिक गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यस प्रतिस्पर्धामा आफ्नो पार्टीलाई अब्बल सावित गर्न नेकपा एमालेले युवा नेताहरुलाई प्राथमिकतामा राखेर टिकट दिएको छ ।
बझाङ जिल्लाबाट प्रतिनिधिसभाका लागि नेकपा एमालेका प्रभावशाली युवा नेता तथा अनेरास्ववियुका पूर्व अध्यक्ष ऐन महर मैदानमा उत्रिएका छन् । चुनावका लागि उनले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् । उनको मुख्य प्रतिबद्धताहरु यस्तो छः
१.राजनीतिक अस्थिरताका लागि संघ र प्रदेशमा नेकपा एमालेको बहुमतको ५ वर्षीय सरकार चलाउन ।
२.संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकासका साथै समाजवाद उन्मुख नेपाल निर्माण गर्न ।
३. लोककल्याणकारी राज्यको प्रत्याभूति गराउनका साथै बृद्धभत्ता ५ हजार पु¥याउन ।
४.खुसी नेपाली समृद्ध नेपाल निर्माणको परिकल्पानालाई साकार पार्न ।
५. अन्तराष्ट्रिय हस्तक्षेपको अन्त्यसहित परराष्ट्र सम्बन्धको सुदृढिकरणका साथै राष्ट्रिराष्ट्रियताको संरक्षण गर्न ।
६. भ्रष्टचार, घुसखोजरी र कमिसनको अन्त्य गरी सुशासनको प्रत्याभूत दिलाउन ।
७. विद्युत राष्ट्रिय प्रशारण लाइनलाई बझाङको प्रत्येक घरघरमा पु¥याइ उज्यालो जिल्ला घोषणा  गर्न ।
८. विद्युतका ठूला परियोजना पश्चिम सेती, अपर सेती, धमेना, खोचा लुयटा, सुनिगाढ, भामछ्डा जलविद्युत आयोजना निर्माण गरी जिल्लाको आयस्रोत बढाउन ।
९. खुटिया–दिपायल, थलरा हुँदै चैनपुर ताक्लाकोटको निर्माणलाई पूर्णता दिन ।
१०. बझाङका निर्माणाधिन सडकहरुको स्तरउन्नती गरी साइपाल गाउँपालिकालाई सडक सञ्जालसँग जोड्न ।
११. एक घर एक धाराको अबधारणालाई साकार रुप दिई स्वास्थ खानेपानी उपलब्ध गराउन ।
१२. शैक्षिक क्षेत्रमा गुणस्तर पठनपाठन, भौतिक पूर्वाधार र जनशक्तिको व्यवस्थापन गर्न ।
१३. प्रत्येक पालिकामा जनशक्तिसहितको उपकरण सम्पन्न अस्थापन निर्माण गर्न र जिल्लाको अस्पतालाई सुविधा सम्पन्न बनाउन ।
१४. कृषिमा आत्मनिर्भर जिल्ला बनाउन ।
१५. बन, कृषि, शिक्षा र पर्यटनसँग सम्बन्धित एकीकृति कार्यक्रम बनाई आत्मनिर्भर बझाङ जिल्ला बनाउन ।
१६. बाढी, पहिरो र भूक्षय रोक्न तटबन्धनको कार्यक्रम बनाइ वस्ती र खेतीयोग्य जमिनको संरक्षण गर्न ।
१७. सबै प्रकारको विभेदको अन्त्य गरी समतामूलक समाजनको निर्माण गर्न ।
१८. जिल्लामा दुई वटा कबडहल र एक वडा एक खेल मैदा निर्माण गरी युवाहरुलाई जोड्न ।
१९. नेकपा (एमाले) ले सुरु गरेका ठूला परियोजनाहरु सम्पन्न गर्न ।
२०. गाउँगाउँमा सहकारी, घरघरम भकारीको कार्यक्रम सम्पन्न गर्न ।
२१. एक गाउँपालिका एका औद्योगिक ग्राम निर्माण गर्न ।

तपाईको बिचार