पूर्वमन्त्री बस्नेतद्वारा तर्खगाल–पात्लेटार–विरुवा सडक निर्माण कार्यको शुभारम्भ

पूर्वमन्त्री बस्नेतद्वारा तर्खगाल–पात्लेटार–विरुवा सडक निर्माण कार्यको शुभारम्भ

871

भक्तपुर, १९ भदौ । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेले तर्खगाल–पात्लेटार–विरुवा रणनीतिक सडक खण्डको निर्माण कार्य शुभारम्भ गर्नुभएको छ ।

समूह सूर्यविनायक नगरपालिका वडा नं. ४ को पात्लेटार स्वास्थ्य आमा समुहले आज आयोजना गरेको एक विशेष कार्यक्रमका बिच नेता बस्नेतले उक्त सडक शुभारम्भ गर्नुभयो । तीन वर्ष अघि एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा नेता बस्नेतको पहलमा उक्त रणनीतिक सडक निर्माणको प्रकृया अगाडी बढाइएको थियो । संघीय सरकारको पाँच करोडको लागतमा उक्त सडक निर्माणको शुभारम्भ गरिएको हो । गठबन्धनको सरकार बनेसँगै उक्त सडकको बजेट कटौती गर्न सरकार तथा भक्तपुरका संघीय सांसद लागि परेका थियो । तर नेता बस्नेतको निरन्तर पहलका कारण उक्त बजेट सरकारले कटाउन सकेको थिएन । सरकारले बजेट कटाउन तीन वर्ष निरन्तर प्रयास गरेको थियो । तर नेता बस्नेतले उक्त प्रयास असफल बनाइदिनु भएसँगै आज रणनीतिक सडक निर्माणको शुभारम्भ गरिएको हो ।

कार्यक्रममा बोल्दै नेता बस्नेतले भक्तपुरको विकास र समृद्धिको लागि आफु निरन्तर लागिरहने उद्घोष गर्नुभयो । निर्वाचनमा हारजीत स्वभाविक प्रकिया रहेको उल्लेख गर्दै उहाँले आफु हारेर सदनभित्र गएन बोल्न नपाएपनि बाहिर बोलेको आफ्नो आवाजले राष्ट्रिय राजनीतिमा तरङ्ग पैदा गरिरहेको स्पष्ट पार्नुभयो । कांग्रेसले आफ्नो वीपीवादलाई त्यागेर चर्चितवादमा रमाइरहेको आरोप लगाउँदै उहाँले संसदमा भक्तपुरमा निर्माण हुन लागेको स्मार्ट सिटीलगायतका ठूला–ठूला आयोजनाहरुको विरोध गर्नु, बजेट कटौती गर्नु भक्तपुरका जनताको विकास र समृद्धिको भाग्य र भविष्यमाथि कुठराघात भएको भन्दै आक्रोस जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘संसदमा गएर बोल्दामात्र आवाज सुनिन्छ, अन्त गएर बोल्दा आवाज सुनिदैन भन्ने मान्यताको अन्त्य गर्न लागि परिरहेको छु । सिन्धुली गएर बोले पनि, धनकुटा गएर बोले पनि राष्ट्रिय राजनीति नै तरङ्गित बनेको छ । भक्तपुरका जनताको अवस्था परिवर्तन गराएको छु । तीन वटै तहका सरकारको सहयोगमा आफ्नो पालामा कसैले नसोचेको विकास गरेका छौं । अहिलेको सरकार तथा जनप्रतिनिधि तथा निदाएर बसेका छन्, विकास गर्नुपर्छ, जनताको पक्षमा काम गर्नुपर्छ भनेर विरामीको बहाना बनाएर समय विताउँदै छन् । नेपाली कांग्रेसले वीपीवाद छोडेर चर्चिदवादमा रमाइरहेको छ । रामेश्वर, दुर्लभ थापालगायतका नेताहरु जनताको पक्षमा काम गर्नुपर्छ भनेर विरामी भएर बस्नुभएको छ । कांग्रेसको सरकार आएपछि भक्तपुरको विकासका बजेट अरवौं रकम कटौती भएको छ । स्मार्ट सिटी हामीलाई चाहिँदैन भन्ने सदनमा बोल्दै हिडेका छन् । विकासको आधुनिकता बुझेका छैनन् । घुम्न जान्छन्, दुवई, जापान र मलेसिया तथा नेपालमा स्मार्ट सिटी बनाउनु हुँदैन भन्ने ? के भक्तपुरका खाली भुभागलाई नयाँँ असन, इन्द्रचोकलगायत जस्तै पुरानो बस्ती बनाउन खोजेको हो ? म निर्वाचनमा हारे होला तथा जनताको अवस्था र पहिचान बदलेको छु ।’

जनतालाई दुःख दिन हुन्न, पैसा माग्नु हुँदैन भन्ने आफ्नो मान्यता रहेको स्मरण गराउँदै उहाँले भ्रष्टाचारको विरुद्धमा आफु जहिले पनि सतिशाल झैं उभिने उद्घोष गर्नुभयो । एमालेका नेता तथा कार्यकर्ता भ्रष्टाचारमा नमुछिने उल्लेख गर्दै उहाँले यदी मुछिएको पाएमा कारवाहीको नेतृत्व आफै गर्ने स्पष्ट पार्नुभयो । भक्तपुरको विकास नेपालकै नमुना बनाउने क्रममा आफुमाथि हनुमन्ते करिडोरमा भ्रष्टाचार गरेको तथा जग्गा रहेको भनि कांग्रेस–माओवादी तथा परिचालित तारा बरालजस्ता व्यक्तिहरुले आरोप लगाएको प्रति आक्रोस जनाउँदै उहाँले प्रमाणीत गरेर देखाउन चुनौती दिनुभयो । प्रमाणीत गर्नेलाई पुरस्कार दिने समेत घोषणा गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशका सदस्य किरण थापा, एमाले नेता तथा पूर्वसांसद शसी जंग थापा, वडा नं. १ का वडाध्यक्ष सानुकाजी कायस्त लगायतले विकास र समृद्धिकोमा एमालेले खेलेको भूमिकाको बारेमा धारणा राख्नुभएको थियो । उहाँहरुले आगामी दिनमा एमाले नै जनताको हित र भक्तपुरको विकासको नेतृत्वकर्ता पार्टी भएको उल्लेख गर्नुभयो । उहाँहरुले भक्तपुरको विकास र जनताको चाहनालाई पुरा गर्न एमाले जस्तोसुकै परिस्थितीको सामना गरि अगाडी बढ्न तयार रहेको बताउनुभयो ।

तपाईको बिचार

सम्बन्धित खबर