काठमाडौँ, २४ साउन । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि चिनिया राजदूत छन सोंगबीच मंगलबार औपचारिक भेटवार्ता भएको छ । भेटमा नेपालमा चिनिया बैंक आउन सक्ने सम्भावनातर्फ अध्यक्ष ढकालले राजदूत सोंगको ध्यानाकर्षण गराएका छन् ।
लामो समयदेखि वन्द रहेको तातोपानी नाकाको प्रभावकारी संचालनका लागि पनि चीन सरकारले पहल गर्नुपर्नेमा अध्यक्ष ढकालले जोड दिए । भेटमा महासंघ अध्यक्ष ढकालले नेपाल चिनिया लगानी र पर्यटनको मुख्य गन्तव्य बन्न सक्ने बताए । नेपालको उत्पादनमूलक क्षेत्र, उर्जा, पर्यटन पूर्वाधारलगायत क्षेत्रमा विदेशी लगानीको राम्रो सम्भावना रहेको भन्दै अध्यक्ष ढकालले राजदूत सोंगको ध्यानाकर्षणसमेत गराएका छन् ।
पर्यटन प्रवर्द्धनका लागि चीनका मुख्य सहरबाट नेपालका सबै अन्तर्राष्ट्रिय विमानस्थलहरुमा सिधा उडान आवश्यक रहेको समेत वताए । साथै अध्यक्ष ढकालले चिनिया पर्यटकहरुको मुख्य गन्तव्य सूचीमा नेपाललाई प्राथमिकतासाथ समावेश गर्न आग्रह गरे ।
तपाईको बिचार