मेधावी कलेज : उत्कृष्ट शिक्षाका साथै अवसरको संगम

मेधावी कलेज : उत्कृष्ट शिक्षाका साथै अवसरको संगम

695

काठमाडौं । काठमाडौंको शंखमुलस्थित मेधावी कलेजले छोटो समयमा नै उच्च शिक्षा र नेतृत्व विकासको क्षेत्रमा आफुलाई एक विशिष्ट पहिचान दिलाएको छ । सन् २०१३ मा स्थापना भएको यो कलेजले शिक्षालाई केवल किताबी ज्ञानमा मात्र सिमित नराखी, व्यावसायिक दक्षता, व्यवहारिक अनुभव, र समग्र व्यक्तित्व विकास मा केन्द्रित गराउँदै आएको छ ।

शैक्षिक यात्राको थालनी

आरम्भमा सिमित कोर्षबाट शुरू गरेको कलेजले आज स्नातकदेखि स्नातकोत्तर तहसम्मका उत्कृष्ट कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यिनै कार्यक्रमहरूले विद्यार्थीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता प्रदान गर्दै आएको छ ।

 निरन्तर प्रयासका श्रेय तथा उपलब्धी

सुरुवाती दिनहरूमा सिमित स्रोत र सिमित कार्यक्रमहरूसँग सुरू भएको मेधावी कलेजले आजको दिनमा क्षमता बिस्तारमा केन्द्रित भएर कार्यक्रम सञ्चालन गर्दै आएको छ । आधुनिक प्रयोगशाला, इन्टर्नशिप अवसर, नेतृत्व विकास कार्यक्रम र नवप्रद्र्धनमा केन्द्रित शिक्षण पद्धतिले यस कलेजलाई अरुभन्दा फरक बनाएको छ ।

 विद्यार्थी केन्द्रित शिक्षामा विशेष जोड

हामी विश्वास गर्छौं — शिक्षा केवल कक्षामा सीमित हुन हुँदैन प्राचार्य जयराम खनाल भन्छन् । उनका अनुसार मेधावीमा विद्यार्थीको सम्पूर्ण विकासमा ध्यान दिइन्छ — जसमा सैद्धान्तिक ज्ञान, व्यवहारिक अभ्यास, नेतृत्व सीप र नैतिक मूल्यहरू समावेश गरिएको छ ।

विद्यार्थीहरूलाई इन्टर्नशिप, परियोजना कार्य, सेमिनार, वर्कशप जस्ता कार्यक्रममार्फत वास्तविक दुनियाँसँग जोड्ने प्रयास कलेजको विशेषता हो ।

दृष्टिकोण स्थानीयबाट अन्तर्राष्ट्रियतर्फ

मेधावी कलेजले आफ्ना शैक्षिक अभ्यासहरूलाई वैश्विकस्तरसम्म पु¥याउने लक्ष्य राखेको छ । यसको दृष्टिकोणमा समेटिएका छन् ।

विश्वस्तरीय शिक्षाको मान्यता प्राप्त गर्नु

अनुसन्धान र नवप्रवर्तनमा अग्रणी बन्नु

विविधता र समावेशिता अँगाल्ने वातावरण तयार गर्नु

स्थानीय र अन्तर्राष्ट्रिय समुदायमा सक्रियरूपमा योगदान दिनु

 हाम्रो प्रमुख शैक्षिक कार्यक्रमहरू

BCSIT -Bachelor of Computer Science and Information Technology

BBA -Bachelor of Business Administration

BHM -Bachelor of Hotel Management

MBA -Master of Business Administration

MCSIT -Master of Computer Science and Information Technology

मेधावी नै किन ?

विद्यार्थी केन्द्रित शिक्षण पद्धति
अनुभवी तथा प्रेरक शिक्षक टोली
व्यवहारिक अभ्यासमा जोड
इन्क्युबेसन र उद्यमशीलता प्रवद्र्धन
इन्टर्नशिप र रोजगार सञ्जाल

 प्राचार्यको सन्देश – “तपाईंको भविष्य यहीँबाट सुरु हुन्छ”

मेधावीमा विद्यार्थी केवल पढ्न मात्र आउँदैनन्, उनीहरू आफ्नो भविष्य निर्माण गर्न आउँछन् । शिक्षणभन्दा धेरै, यहाँ विद्यार्थीले जिम्मेवारी लिन, चुनौतीको सामना गर्न र अवसर सिर्जना गर्न सिक्छन ।

कलेजले आत्मनिर्भरता, नेतृत्व, र नैतिकतालाई आफ्नो शिक्षण प्रणालीको मेरुदण्ड मानेको छ ।

निष्कर्ष

मेधावी कलेज एक यस्तो शैक्षिक संस्थाको प्रतीक बनेको छ, जसले विद्यार्थीहरूलाई केवल पास गराउँदैन, उनीहरूको जीवनलाई दिशा दिन्छ । यदि तपाईं भविष्यप्रति गम्भीर हुनुहुन्छ र नेतृत्वको बाटोमा अग्रसर बन्न चाहनुहुन्छ भने, मेधावी कलेज तपाईंको लागि उपयुक्त गन्तव्य हुन सक्छ ।

तपाईको बिचार

सम्बन्धित खबर