नेपालमै १,३५९ थप मेडिकल सीट, विदेश पलायन घटाउने सरकारको दाबी

नेपालमै १,३५९ थप मेडिकल सीट, विदेश पलायन घटाउने सरकारको दाबी

705

काठमाडौं, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै चिकित्सा शिक्षा अध्ययनका लागि ठूलो संख्यामा अतिरिक्त सीट थपिएको जानकारी दिएका छन्। उनका अनुसार चिकित्सा शिक्षा आयोगको निर्णयअनुसार एमबीबीएस, बीडीएस, बी फार्मा, डिएम, एमएससीएच लगायत तहमा १,३५९ अतिरिक्त सीट थप गरिएको हो।

गत वर्ष मात्र १,६५५ नेपाली विद्यार्थीले स्नातक तहको चिकित्सा शिक्षा अध्ययनका लागि विदेश जाने अनुमति पत्र लिएका थिए। अन्य विषयका लागि विदेश जाने विद्यार्थीको संख्या दशौं हजारमा पुग्ने गरेको छ। ओलीले यसलाई केवल आर्थिक नोक्सानी मात्र नभई युवाशक्ति र भविष्यको सम्भावना गुमाउने पीडादायी अवस्था भनेका छन्।

उनका अनुसार यस निर्णयबाट शुल्कमार्फत मात्र करिब ३ अर्ब १२ करोड रुपैयाँ बराबरको नेपाली मुद्रा विदेश जानबाट रोक्न सकिनेछ। साथै, करिब ७३३ करोड रुपैयाँ देशमै रहने, युवालाई विदेशिनुपर्ने बाध्यता घट्ने र नेपालमै सक्षम चिकित्सक उत्पादन हुने विश्वास गरिएको छ।

ओलीले यसलाई युवाप्रति माया र देशको भविष्यप्रतिको चिन्ता भएको निर्णय भनेका छन्। तर, केहीले यसलाई गलत अर्थ लगाएकोमा उनले खेद व्यक्त गर्दै हालै संसदमा ‘मास म्यानुपुलेसन’ को मुद्दा उठाएको स्मरण गराए। साथै, उनले ‘मिडिया म्यानुपुलेटर’ भनिएका व्यक्तिप्रति पनि सहानुभूति व्यक्त गरे।

तपाईको बिचार

सम्बन्धित खबर