रारा तालको किनारमा रहेको होटेलमा आगलागी, पाहुनालाई सेनाको ब्यारेकमा सारियो

रारा तालको किनारमा रहेको होटेलमा आगलागी, पाहुनालाई सेनाको ब्यारेकमा सारियो

607

काठमाडौ। मुगुमा रहेको रारा तालको किनारमा रहेको एक होटेलमा गए राति आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका छन् । आगोबाट काठै काठको संरचनाले बनेको ती भवनमा क्षति पुर्‍याएको हो ।

नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आज बिहान आगो नियन्त्रणमा लिएका थिए ।

आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकाम गमगढीबाट प्रहरी नायब निरीक्षक दीपक केसीको नेतृत्वका १५ जना प्रहरी टोली रारा पुगेको थियो । प्रहरीका अनुसार होटेलको भान्साबाट सुरु भएको आगोले त्यहाँ रहेका ग्याँसको सिलिण्डर पड्कदा अन्य तीन भवनमा क्षति पुर्‍याएको थियो ।

प्रहरी, सेना र सशस्त्र प्रहरीले होटलमा रहेका पाहुनालाई तत्काल उद्धार गरी नजिकै रहेका होटल, सेनाको ब्यारेक, निकुञ्ज कार्यालयमा सारिएको थियो । घटनाको सम्बन्धमा थप विवरण आउन बाँकि रहेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर