डढेलो नियन्त्रण र रोकथामको लागि काभ्रेको भुम्लु गाउँपालिकाको विषेश पहल

डढेलो नियन्त्रण र रोकथामको लागि काभ्रेको भुम्लु गाउँपालिकाको विषेश पहल

563

काभ्रेपलान्चोक । हरेक वर्ष हिउँद महिनामा डढेलोको मार भोग्दै आएको भुम्लु गाउँपालिकाले, पालिकालाई डढेलो मुक्त बनाउने प्रयास स्वरूप विभिन्न गतिविधि संचालन गर्ने भएको छ। पालिकाले आफ्नो योजनालाई बैठक मार्फत डढेलो मुक्त पलिका बनाउने निर्णय गरेको हो ।

डढेलो नियन्त्रण र रोकथामको लागि रणनीति कार्य योजना बनाइएको गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेलले  जानकारी दिए ।  उनले भने  , गत वर्षहरूमा डढेलो नियन्त्रण र रोकथामका लागि पालिकाले खासै योजना नबनाएको र पूर्व तयारी पनि नगरिएकोले धेरै ठुलो क्षति ब्यहोर्नु परेको थियो। सार्वजनिक वन क्षेत्र डढेलोले सखाप पारेको थियो ।

वनमा लागेको आगो गाउँ ,बस्तीसम्म आइपुग्दा नागरिकले कष्ट भोग्नु पर्यो । मानवीय क्षति नभए पनि नागरिकका गोठमा आगो सल्किएर पशु ,चौपाया गुमाउनु परेको थियो । यसपालि यस्तो नहोस् भनी हामी सचेत भएका छौ ।  

पालिकाले बुँदा गत रुपमा महत्त्व १० वटा कुरालाई ध्यानमा राखेर रणनीतिक योजना कार्यान्वयन गर्ने बताइएको छ।
जस अनुसार कार्ययोजनाको  यस प्रकार छ ।
१. सामुदायिक वनका उपभोक्ताहरूलाई प्रशिक्षण दिइने छ ।
२. डढेलो नियन्त्रणको लागी तालिम प्राप्त जनशक्ति परिचालन गरिने छ ।
३. डढेलो लगाउने ब्यक्तीलाई  कडा कार्वाही गरिने छ र वन ऐन अनुसार कानुनी कारवाही गरिने छ ।
डढेलो लगाउने ब्यक्तिहरूको पहिचानको लागि सुराकी लगाई परिचालन गरिने छ । गोप्य सुचना गरी डढेलो लगाउने ब्यक्ती पत्ता लागाउन सहयोग गरेमा उचित पुरस्कार ब्यवस्था गरिने छ ।
४. जनचेतना अभियान संचालन गर्न निम्न जनसंगठन परिचालन गरिने छ ।
बिध्यार्थीलाई प्रशिक्षण
आमा समूह ,महिला समूह ,युवा क्लब ,विभिन्न सामाजिक संघ सस्था ,
पालिकामा रहेका सबै प्रहरी चौकीका सुरक्षाकर्मीहरु
सबै वडाका जनप्रतिनिधिहरुसमाजसेबी बुद्धिजिवीहरु
५.बाटो छेउका झाडी सुधार अभियान संचालन
६.अग्नि रेखा निर्माण ।
७. वन प्रवेश स्थलहरुमा आगलागिका संभावित बस्तु जस्तै चुरोट ,सलाइ लाइटर ,पेट्रोल, मट्टीतेल जस्ता बस्तुको खनतलासी गर्ने
८.स्थानीय मिडिया रेडियो एफ।एम।हरु मार्फत निरन्तर सूचना सन्देश प्रवाह गर्ने ।
९. संम्भाबित क्षेत्रमा  सि। सि। क्यामेरा राखिने ।
१०.ड्रोन क्यामेरा प्रयोग गरि निगरानी गर्ने ।

 

तपाईको बिचार