काठमाडौँ । फाउण्डेशन फर क्रिटिकल डिस्कोर्स, नेपालको आयोजनामा ‘नेपालमा वाम आन्दोलनका चुनौती र सम्भावना’ विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ।
काठमाण्डौमा आयोजना भएको अन्तरक्रिया कार्यक्रममा डा. खगेन्द्र प्रसाईले बदलिँदो विश्व व्यवस्था र भूराजनीतिः नेपालमा वाम आन्दोलनका चुनौती र सम्भावना विषयमा विचार विमर्ष गरेका थिए। करिब ६० जना सहभागि रहेको उक्त कार्यक्रममा विभिन्न कोर्णबाट नेपालको वाम आन्दोलनको वर्तमान अवस्था र भोलिको भविष्यका बारेमा चिन्ता र चासो प्रकट भएको आयोजकले जनाएको छ।
विश्व एकध्रुवीयबाट बहुध्रुवीयतर्फ संक्रमण भइरहेको बताउदै डा।प्रसाईले नेपाली कम्युनिष्टहरुका सामु कयन प्रकारका सम्भावना र चुनौति रहेको बताए ।
नेकपा (एकीकृत समाजवादी) का नेता अशेष घिमिरेले अन्तक्रिया कार्यक्रमका बारेमा जानकारी दिएका थिए । हिरेन्द्र शाहीले अन्तक्रिया कार्यक्रमको समन्वयन गरेका थिए भने करुणा पराजुलीले सहभागिलाई धन्यवाद दिएकी थिईन् ।
तपाईको बिचार