काठमाडौं । अनेरास्ववियूले संविधान दिवस मनाएको छ । ललितपुरस्थित पाटन संयुक्त क्याम्पसमा संविधान वाचन गरेर नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले दिवस मनाएको हो । क्याम्पस कमिटी अध्यक्षता मोहन बुढाको अध्यक्षतामा गरिएको थियो ।
अखिलको राखिएको कार्यक्रममा अनेरास्ववियूकी अध्यक्ष आरती लामाले नेपालको संविधान २०७२ नेपाली जनताको दशकौंदेखिको संघर्ष र बलिदानीको उपज भएको बताइन् ।
लामाले संविधान सबैको साझा दस्तावेज भएको बताउँदै यसको व्यवहारीक कार्यान्वयनको पक्ष अहिलेको अवस्थामा प्रमुख विषय भएको भन्दै संविधानको धारा ३१ मा मौलिक हकको रूपमा उल्लेख गरिएको शिक्षासम्बन्धी हकलाई व्यवहारमा कार्यान्वयन गर्न राज्य जिम्मेवार बन्नुपर्नेमा जोड दिइन् ।
संविधान वाचन कार्यक्रममा अनेरास्ववियू केन्द्रीय कार्यालय सदस्य नरेश न्यौपाने, मिलन राईसहित नेता सुमन कार्की, सन्तोष महर्जन, समीर गौतम, मनिषा अधिकारी, एन्जिस प्रसाइँ र एटम विद्रोही उपस्थिति थिए ।
तपाईको बिचार