हिन्दु अधिराज्य पुनर्स्थापनाको दबाब स्वरुप विश्व हिन्दु महासंघले धार्मिक र्‍याली गर्दै

हिन्दु अधिराज्य पुनर्स्थापनाको दबाब स्वरुप विश्व हिन्दु महासंघले धार्मिक र्‍याली गर्दै

979

काठमाडौं । विश्व हिन्दु महासंघले धार्मिक र्‍यालीको आयोजना गर्ने भएको छ । हिन्दु ॐकार परिवार एकजुट भइ नेपाल सरकारको ध्यानाकर्षण गराइ संविधान संशोधन गरी हिन्दु अधिराज्य पुनर्स्थापनाका लागि दबाब दिने उदेश्यले भदौ २८ गते धार्मिक र्‍यालीको आयोजना गर्न लागिएको बताईएको छ ।

र्‍याली शुक्रबार दिउँसो १ बजेबाट शुरू हुने महासंघकी कार्यकारी अध्यक्ष अस्मिता भण्डारीले जनाकारी दिइन् । बुधबार र्‍यालीकै विषयमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भण्डारीले र्‍याली माइतीघर मण्डलाबाट शुरू भइ बानेश्वरको अल्फाबिटा पुगेर कोणसभामा परिणत हुने बताइन ।

देशमा बढ्दो राजनीतिक अराजकताको कारणले गर्दा स्थायी शान्ति कायम हुन नसकेको भन्दै लोकतान्त्रिक भनिएको संविधानबाट समग्र नेपाली जनता, ८१ प्रतिशतभन्दा बढी हिन्दु धर्मावलम्बी र ९४ प्रतिशतभन्दा बढी ॐकार परिवारले अपनत्व महसुस गर्न नसकेको बताउँदै आपत्ति जनाइन् ।

यसकारण संविधान जारी हुँदादेखि नै विश्व हिन्दु महासंघले धर्म निरपेक्ष संविधानको चर्को विरोध गर्दै आएको जानकारी दिँदै उनले हालै बनेको सरकारको प्रमुख मुद्दा नै दुई ठूला पार्टीहरू मिलेर संविधान संशोधन गर्ने रहेकाले देशमा धार्मिक–सांस्कृतिक अतिक्रमणका समस्याहरू गम्भीररूपमा बढेर गएकाले त्यसलाई सम्बोधन गर्न सरकारलाई आग्रह गरिन् ।

उनले भनिन्, ‘धर्मान्तरण बढेको छ । बसुधैव कुटुम्बकमको उच्च आदर्श बोकेको वैदिक सनातन धर्मलाई क्षति पुर्‍याउन र नेपालीको मौलिक कला, संस्कृति, पहिचान र राष्ट्रिय एकतालाई खण्डित गर्न अवाञ्छित गतिविधिहरू दिनानुदिन बढिरहेका छन् ।

तपाईको बिचार

सम्बन्धित खबर