काठमाडौँ । उच्च अदालत बार एसोसिएसन पाटन, ललितपुको नयाँ कार्यसमिति चयन भएको छ ।
शनिबार सम्पन्न निर्वाचनले विदुरप्रसाद ढुङ्गाना अध्यक्ष भएको कार्यसमिति निर्वाचित भएको घोषणा गरेको हो ।
आइतबार सार्वजनिक भएको परिणाममा अध्यक्ष पदमा विजयी ढुँगानाले एक हजार एक सय ४० मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी गोपाल श्रेष्ठले ४ सय ९० मत पाएका छन् ।
उपाध्यक्षमा विष्णुऋषि कोइरालाले एक हजार एक सय ४२ मत पाएभने उनका प्रतिद्वन्द्वी दुर्गाप्रसाद चिमरियाले ४ सय ४० मत पाए । सचिव पदमा प्रबल शर्माले एक हजार एक सय ५१ प्रतिद्वन्द्वी देवीप्रसाद रिजालले ४ सय ३० मत पाएका छन् । यस्तै सहसचिवमा सुशीला चौधरीले एक हजार एक सय ४३ मत पाउँदा यशोदा कुमारी पाण्डेले ४ सय ३२ मत पाईन् । कोषाध्यक्षमा भूपाल बस्नेत विजयी भए ।
प्रमुख निर्वाचन अधिकृत रामचन्द्र सिम्खडाका अनुसार महिला सदस्यमा तीन र खुला सदस्य ११ गरेर १४ जना सदस्य निर्वाचित भएका छन् । महिला सदस्यमा विमलाकुमारी शर्मा, जितिन्द्र विष्ट र पुष्पा भुसाल विजयी भए । खुला सदस्यतर्फ चित्रबहादुर कुताल विष्ट, रामचन्द्र चौधरी थारु, तिलकबहादुर पाण्डे, भानु निरौला, छन्दप्रसाद आचार्य, भीष्मप्रसाद पौड्याल, सुशीला श्रेष्ठ, कृष्णसिंह महरा, रेशम कँडेल, निकेश कुमार लम्साल र केशव खतिवडा निर्वाचित भए ।
तपाईको बिचार