आदिवासी जनजाति महासङ्घबाट १७ जना केन्द्रीय सदस्यमा मनोनित 

आदिवासी जनजाति महासङ्घबाट १७ जना केन्द्रीय सदस्यमा मनोनित 

2511

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासङ्घ ( समाजवादी ) बाट महासचिव चन्द्र बहादुर तामाङ्ग सहित १७ जना नेकपा एकीकृत समाजवादीको केन्द्रिय सदस्य पदमा मनोनित भएका छन् ।

अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले छलफल पछि टुङ्ग्याएको केन्द्रिय कमिटीमा उनीहरूलाई समावेश गरिएको हो ।

महासङ्घबाट तामाङ्ग सहित पासाङ्ग शेर्पा , भवानी खापुङ्ग , बिरबहादुर बुढाथोकी , रामचन्द्र वल , सुरेन्द्र लामा, मिना लामा , चुनकुमारी चौधरी , लक्ष्मी चौधरी , बिष्णु महतो , संगिता पाख्रिन , बेची लुङ्गेली , पिताम्बर सारु , राजाराम स्याङतान,इन्द्रमायाँ गुरुङ्ग, अम्बिका राई, उशा बज्रााचार्य  गरी १७ जना केन्दीय सदस्य भएका हुन् । यो सँगै नेकपा एकीकृत समाजवादीले पदाधिकारी सहित ३ सय ४४ सदस्य रहेको केन्द्रीय कमिटी टुंग्याएको छ ।

पार्टिले आदिवासी जनजाती महासंघबाट केन्द्रिय सदस्यमा आफु लगायतकालाई निर्वाचित गरेकोमा महासचिव चन्द्रबहादुर तामाङ्गले पार्टी र नेतालाई आभार ब्यक्त गरे ।  उनले पार्टी निर्माण र संगठन बिस्तारमा आफ्नो र महासंघको जिम्मेवारी अझ बढेको समेत बताए ।

तपाईको बिचार

सम्बन्धित खबर