माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

715

काठमाडौँ, १३ फागुन ।  नेकपा माओवादी केन्द्रको स्थायी समिति आज बस्दै छ ।

बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा रूपान्तरण अभियानको मूल्याङ्कन, आगामी अभियानको तयारी, कार्यविभाजन लगायतका विषयमा छलफल गर्ने  एजेन्डा रहेको छ । बैठकमा काम गर्ने–नगर्ने नेताहरूको मूल्याङ्कन गरी पुरस्कार र सजाय घोषणा गर्ने कार्यसूची रहेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।  साथै चैत–बैशाखमा सञ्चालन हुने अभियानबारे छलफल गरी नेताहरूको कार्यविभाजन हुने सापकोटाले बताए ।

तपाईको बिचार

सम्बन्धित खबर