कोन्ज्योसोम धमाधम सार्वजनिक सुनुवाई

कोन्ज्योसोम धमाधम सार्वजनिक सुनुवाई

1267

ललितपुर, ४ फागुन । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले वडा नं.३ स्थित् दलचोकीमा सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष ,प्रमुख प्रशासकीय अधिकृत, राजनीतिक दलका प्रतिनिधि,कर्मचारी, शिक्षक,स्वास्थ्य संस्थाका प्रतिनिधि,महिला स्वास्थ्य स्वंसेविका,उपभोक्ता समितिका पदाधिकारी लगायतका व्यक्तिहरुको उपस्थितिमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको कोन्ज्योसोम गाउँपालिकाले जनाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन र सुशासन सम्बन्धि ऐनमा स्थानीय तहले वार्षिक रुपमा गरेका कार्यको बारेमा सेवाग्राही सहितको सरोकारवालाको उपस्थितिमा सार्वजनिक सुनुवाइ गर्नुपर्ने व्यवस्था अनुसार कोन्ज्योसोम गाउँपालिकाले वडा नंं २ को दलचोकीमा सार्वजनिक सुनुवाइ गरेको हो । फागुन २ गते चौघरेमा सार्वजनिक सुनुवाइ गरेको गाउँपालिकाले ३ गते दलचोकीमा सार्वजनिक सुनुवाइ सम्पन्न गरेको हो ।
स्थानीय सहभागिहरुले गाउँपालिकाले सबै वडामा विकास निर्माणको कामलाई समान रुपमा अगाडि बढाउनुपर्ने, भौतिक विकाससँगै मानविय विकास, शिक्षा, स्वास्थ्य रोजगार, गाउँपालिका र वडा कार्यालयबाट प्रदान गरिने सेवालाई सहज र अझ व्यवस्थित बनाउनुपर्ने लगायतका गुनासो राखेका थिए ।

सहभागिले राखेको प्रश्नको जवाफ दिँदै गाउँपालिका अध्यक्ष लामा र उपाध्यक्ष घिमिरेले सार्वजनिक सुनुवाइमा उठेका सवाललाई गाउँपालिकाले नीतिगत रुपमा सम्बोधन गर्नुपर्ने सुझावलाई नीतिगत रुपमा नै र तत्काल सम्बोधन गर्नुपर्ने सुझावलाई तत्काल कार्यान्वयन गरी गाउँपालिकाको कामलाई अझ बढि प्रभावकारी बनाउने जानकारी दिनुभएको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर