अनेरास्ववियु बागमती प्रदेशको अध्यक्षमा बुढाथोकी चयन

अनेरास्ववियु बागमती प्रदेशको अध्यक्षमा बुढाथोकी चयन

759

मकवानपुर, १० मंसिर । नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियु बागमती प्रदेश कमिटीको अध्यक्षमा एलबी बुढाथोकी चयन भएका छन् ।

शनिबार हेटौंडामा भएको अनेरास्ववियुको प्रथम अधिवेशनले बुढाथोकीलाई सर्वसम्मत अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो । अध्यक्षका अर्का दाबेदार हालका अध्यक्ष सालिकराम पुडासैनीले आफू उम्मेदवार नबन्ने र बुढाथोकीलाई सघाउने निर्णय लिएसँगै सर्वसम्मत रूपमा नेतृत्व चयन भएको हो ।

शनिबार राति अबेर भएको अधिवेशनको बन्द सत्रले बुढाथोकीको नेतृत्वमा ९ पदाधिकारी सहित ५१ सदस्यीय कमिटी गठन चयन गरेको छ । कमिटीको ३ उपाध्यक्षमा क्रमशः युवराज दाहाल, अच्युत उप्रेती, निशा पुडासैनी चयन भएका छन् भने सचिवमा प्रकाश कालाखेती, सहसचिव प्रशान्त जङ्ग पाण्डे, पवन तामाङ र जिप छिरिङ शेर्पा चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा अमृत बर्तौला र कार्यालय सचिवमा लक्ष्मण सिलवाल चयन भएका छन् ।

तपाईको बिचार

सम्बन्धित खबर