चार्टर्ड क्यापिटल एन्ड इन्भेस्टमेन्ट लिमिटेडकाे अध्यक्षमा पुनः साउद

चार्टर्ड क्यापिटल एन्ड इन्भेस्टमेन्ट लिमिटेडकाे अध्यक्षमा पुनः साउद

641

काठमाडौं । चार्टर्ड क्यापिटल एन्ड इन्भेस्टमेन्ट लिमिटेडले नवौं वार्षिक साधारणसभा सम्पन्न गर्दै अध्यक्षमा पुनः चन्द्र सिंह साउदलाई निर्वाचित गरेको छ। यही मंसिर २७ गते सम्पन्न भएको उक्त साधारणसभाले आगामी कार्यकालको लागि अन्य संचालकहरुमा ध्रुव प्रसाद पोखरेल ज्ञानेन्द्र श्रेष्ठ , ठाकुर प्रसाद पौडेल र शुशिला कुमारी बोहरालाई सर्वसम्मत चयन गरेको छ।

त्यस्तै ,कम्पनीले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम कुल चुक्ता पुँजी बराबरको पाँच प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेकोमा त्यसलाई पारित गरेको छ।

सभाले कम्पनीको वार्षिक प्रतिवेदन र वित्तीय प्रतिवेदन पारित गर्‍यो । कम्पनीले बोनस सेयरपछिको चुक्ता पुँजी १:१.६२९१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने र सोअनुसार प्राप्त रकमको उपयोग गर्ने सम्बन्धमा समेत छलफल गरि पारित गरेको छ।

तपाईको बिचार