दक्षिण अफ्रीकामाथि भारत ७ विकेटले विजयी

दक्षिण अफ्रीकामाथि भारत ७ विकेटले विजयी

607

काठमाडौँ । भारतले दक्षिण अफ्रिकाविरुद्धको जारी टी-२० सिरिजमा दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा भारतले दक्षिण अफ्रीकालाई ७ विकेटले पराजित गरेको हो ।

दक्षिण अफ्रिकाले दिएको केवल ११७ रनको लक्ष्य पछाएको भारतले १५.५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

भारतका लागि अभिषेक शर्माले ३५ रन बनाएका थिए भने शुभमन गिलले २८, तिलक बर्माले २६ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले २० ओभरमा अल आउट हुदै ११७ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि कप्तान एडेन मार्क्रमले सर्बाधिक ६१ रन बनाए भने डोनोभान फेरेइराले २० रन बनाएका थिए । त्यस्तै भारतीय बलर अर्शदिप सिंह, हर्षित राना, वरुण चक्रवर्ती र कुलदीप यादवले २/२ विकेट लिएका थिए ।

यो जितपछि भारत ५ खेलको सिरिजमा २-१ ले अगाडी भएको छ । अब सिरिजको चौथो खेल बुधबार लखनउमा हुने तालिका रहेको छ ।

तपाईको बिचार