काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनको तेस्रो दिन आज निर्वाचन प्रक्रिया शुरु हुने भएको छ ।
केन्द्रीय निर्वाचन आयोगका केन्द्रीय अध्यक्ष डा। विजय सुब्बाले आइतबार साँझ निर्वाचन कार्यतालिका सार्वजनिक गरेसँगै आज मतदाता नामावली, उम्मेदार दर्ता र उम्मेदवारको अन्तिम नामावली सार्बजनिक गर्नेलगायतका कार्यक्रम हुदैछन् ।
कार्यतालिका अनुसार सोमबार बिहान मतदाता नामावली उपर दाबि विरोध, छानबिन र निर्णयपछि अन्तम मतदाता नामावली सोमबार बिहान १०स् १५ बजे प्रकाशित गरिने उल्लेख छ । त्यसपछि उम्मेदवारी दर्ता आज बिहान साढे १० बजेदेखि साढे १ बजेसम्म हुने भएको छ । आजै उम्मेदवारको दाबी विरोध, छानबिन, नाम फिर्ता सकेर अन्तिम नामावली प्रकाशन साँझ ६ बजे हुने निर्वाचन आयोगले जानकारी दिएको छ ।
मतदान पुस १ गते मंगलबार बिहना ११ बजेदेखि साँझ ५ बजेसम्म हुने छ भने मतगणना त्यसपश्चात हुने छ । आयोगले निर्वाचनका सबै कार्यक्रम महाधिवेशन स्थल भृकुटीमण्डपमा नै हुने जानकारी दिएको छ ।
विधान संशोधन गरेर पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाइयो
एमालेले विधान संशोधन गर्दै केन्द्रीय कमिटी र पदाधिकारीको संख्या बढाएको छ । केन्द्रीय कमिटीको आइतबार बसेको बैठकले पदाधिकारीको संख्या १९ बनाएको छ । जस अनुसार एक अध्यक्ष, पाँच उपाध्याक्ष, एक महासचिव, तीन उपमहासचिव र नौ जना सचिव हुने भएका छन् । त्यस्तै केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाइएको छ । त्यस्तै केन्द्रीय कमिटीको एक तिहाई स्थायी कमिटी र ९९ जनाको पोलिटब्युरो हुने निर्णय गरेको छ ।
गत भदौमा सम्पन्न एमालेको विधान महाधिवेशनले पदाधिकारीको संख्या १५ र केन्द्रीय कमिटीको संख्या २५१ तय गरेको थियो । तर अहिले आकांक्षी धेरै देखिएपछि नेताहरुको व्यवस्थापनका लागि केन्द्रीय सदस्य र पदाधिकारीको संख्या बढाइएको हो । अब बन्दसत्रले यो निर्णयलाई अनुमोदन गरेपछि नयाँ नेतृत्वको चयन प्रक्रिया अगाडी बढ्ने बताइएको छ ।
एमालेको केन्द्रीय नेतृत्व चयनको क्लस्टरस्
एमालेको ११ औं महाधिबेसनबाट निर्वाचन गर्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना निम्नानुसार तय गरिएको छ स्
१- पदाधिकारी (१९)जना
अध्यक्ष १
उपाध्यक्ष ५
महासचिव १
उपमहासचिव ३
सचिव ९ जना
२- प्रदेश प्रतिनिधित्व उपत्यकासहित सबै ८ प्रदेशबाट ९×८ (७२) जना
खुल्ला ५
महिला ३
युवा १
३- खुल्ला कोटा (१२५) जना
खुल्ला ७१
महिला ५२
युवा २
४- जनजाति र आदिवासी (२५) जना
खुल्ला १५
महिला ८
युवा २
५- मधेसी (१९) जना
खुल्ला ११
महिला ६
युवा २
६- प्रवास (२) जना
भारत १
अन्य देश – १
७-श्रमिक (३) जना
खुल्ला २
महिला १
८- अपाङ्गाता भएका ब्यक्ति (१) जना
खुल्ला १
९- दलित (१२) जना
खुल्ला ७
महिला ४
युवा १
१०- थारु (८) जना
खुल्ला ५
महिला ३
११- मुस्लिम (५) जना
खुल्ला ४
महिला १
१२- पिछडिएको क्षेत्र ९२० जना
खुल्ला १
महिला १
१३- सम्पर्क समन्वय कमिटी (२) जना
खुल्ला १
महिला १
तपाईको बिचार