काङ्ग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै

काङ्ग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै

581

काठमाडौ  । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ ।

काँग्रेसको केन्द्रीय समितिको बैठक आज दिउँसो २ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

यसअघि सोमबार बस्ने भनिएको बैठक आन्तरिक विवाद नमिलेपछि आजसम्मका लागि सारिएको थियो ।

कांग्रेस बैठकमा महाधिवेशन कहिले गर्ने भन्नेमा विभाजित भएपछि पछिल्ला दिनमा बैठक पटक पटक सर्दै आएको छ । संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले चुनावपछि महाधिवेशन गर्नुपर्न धारणा राखिरहेका छन् भने संस्थापन इतर पक्षले महाधिवेशन गरेर चुनावमा जानुपर्ने बताउदै आएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको गत असोज २८ मा प्रारम्भ भएको अझै जारी रहेको छ र निर्णयमा पुग्न सकिरहेको छैन ।

यसैबीच गत शुक्रबार राति काँग्रेस सभापति शेरबहादुर देउवा सिंगापुरमा उपचारपछि फर्किएकाले उनले विवाद समाधान गर्न छलफल शुरु गरेको र ठोस सहमति भने हुन अझै नसकेको बुझिएको छ ।

तपाईको बिचार