सभामै अवरोध गर्ने सरकारले चुनाव गर्छ भनेर पत्याउन नसकिने : अध्यक्ष ओली

सभामै अवरोध गर्ने सरकारले चुनाव गर्छ भनेर पत्याउन नसकिने : अध्यक्ष ओली

619

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभा–समारोहमै अवरोध गर्ने सरकारले विश्वसनीय रूपमा चुनाव गराउन सकेन भनेर आरोप लगाएका छन्।

बुधबार काठमाडौंमा एमाले स्थानीय विकास विभागले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै ओलीले बाराको सिमरामा जेनजी समूहले गरेको अवरोधलाई उदाहरणसहित सरकारप्रति आक्रोश व्यक्त गरे।

उनका अनुसार सिमरा एयरपोर्टमा ५०–६० जनाको समूहले तोडफोड र ढुंगामुढा गर्दै आवागमन नै अवरुद्ध गरेपछि एमाले नेताहरू कार्यक्रमका लागि बारा जान नमिलेको थियो।

ओलीले भने, “बारामा हाम्रो युवा भेला थियो। सिमरा एयरपोर्ट बन्द भयो, नेताहरू जानबाट रोकिए। ५०–६० जना मानिसले ढुंगामुढा गरेर एयरपोर्ट नै बन्द गराइदिने रु यस्तो अवस्था बनाउने सरकारले चुनाव गर्छ भनेर कसरी पत्याउने ?”

ओलीले सरकारको ‘सभा नदिने र अवरोध निम्त्याउने’ व्यवहारले नै चुनावप्रति अविश्वास बढाएको दाबी गरे।

तपाईको बिचार